नियम ८९
हिसाब किताब राख्ने
(१) समिति वा सचिवले कर्पोरेशनको कारोवार वास्तविक र दुरुस्त देखिने गरी हिसाब किताबहरू र लिखतहरू नेपाली भाषामा राख्नु राख्न लगाउनु पर्छ ।
(२) कर्पोरेशनको हिसाब किताब आफ्नो प्रधान कार्यालयमा समिति वा शेयरहोल्डरबाट निरीक्षण गर्न सकिने गरी राख्नु राख्न लगाउनु पर्छ ।
तर सो हिसाब किताबहरू कर्पोरेशनको साधारण सभाको अनुमतिले मात्र निरीक्षण
गर्न पाउनेछ ।
(३) त्यस्तो हिसाब किताबहरू प्रधान कार्यालबाट हटाई अन्य सुरक्षित ठाउँमा राख्न सकिनेछ तर त्यसरी हटाँउदा त्यसको कारणहरू सहितको सूचना नेपाल सरकारको सम्बन्धित विभागमा पठाउनु पर्छ ।